काठमाडौं, मिस वल्र्डमा नेपालको तर्फबाट सहभागि मिस नेपाल शृखला खतिवडा मिस वल्र्डको सेमिफाइनमा पुग्नु भएको छ । चीनको सान्या सहरमा जारी मिस वर्ल्ड–२०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी मिस नेपाल–२०१८ शृंखला खतिवडा सेमिफाइनमा पुग्नु भएको हो ।
एक सय २१ देशका सुन्दरी सहभागी प्रतियोगितामा शृंखला उत्कृष्ट ३० मा छनोट भएकी शृङ्खला सेमिफाइनलमा पुगेको फेसबुबमार्फत जानकारी गराउनुभएको छ । टप मोडेल विधा अन्तर्गत शृखला सेमिफाइनलमा पुग्नु भएको हो । फेसबुकमार्फत् आफू सेमिफाइनलमा पुगेको जानकारी गराउँदै शृखलाले ‘सेमीमा प्रवेश गर्दा अत्यन्त खुशी भएको बताउनुभएको छ । मिस वर्ल्डमा भाग लिन शृंखला नौ दिनअघि चीन गएकी हुन्। २२ वर्षे शृंखला पेसाले इन्जिनियर हुन्। डिसेम्बर ८ मा चीनको सान्या सहरमा मिस वल्र्ड २०१८ को अन्तिम प्रतिस्पर्धा हुनेछ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१