काठमाडौं । विश्व विजेता फ्रान्सले अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा उरुग्वेमाथि संघर्षपूर्ण जित निकालेको छ । बुधबार विहान पेरिसमा भएको खेलमा घरेलु टोली फ्रान्सले उरुग्वेलाई १ गोल अन्तरले पराजित गरेको हो । फ्रान्सको जितमा ओलिभर जिराउडले गोल गरे ।
पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । खेलअवधिभर उरुग्वेले निकै राम्रो प्रदर्शन गरेको थियो । पहिलो हाफसम्म फ्रान्सलाई बराबरीमा रोकेको उरुग्वेले दोस्रो हाफमा भने गोल खान पुग्यो । खेलको ५२ औं मिनेटमा जिराउडले पेनाल्टीबाट गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।
बाँकी समयमा दुबै टिमबाट गोल हुन नसकेपछि विश्वविजेता फ्रान्सले १ गोलले जित हात पारेको हो ।
यो खेलमा विश्वकपको हिरो किलियन एम्बाप्पे लडेर घाइते भए । उरुग्वेका गोलरक्षकसँग ट्याकल गर्ने क्रममा उनी मैदानमा लडेका थिए । उनको काँधमा चोट लागेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१