दयाराम आचार्य
कावासोती । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्र्तगतको नमूना मध्यवर्ती सामुदायी वन उपभोक्ता समूहले वन्यजन्तुका लागि घासेमैदान ब्यवस्थापन गर्दैआएको छ । निकुञ्जमा रहेका वन्यजन्तु बासस्थान र आहाराको अभावमा बस्तीमा पस्ने क्रम रहेको छ । जसले गर्दा मध्यवर्ती आसपासका स्थानिय वन्यजन्तुको त्रासमा बस्नुपर्ने अवस्था रहेको छ । यसलाई व्यवस्थापन गर्नका लागि नमूना मध्यवर्ति सामुदायिक वनले प्रत्यक वर्ष घासेमैदानको व्यवस्थापन गर्दै आईरहेको छ । नमूना मध्यवर्ती सामुदायिक वन भित्र एक सय २५ हेक्टर क्षेत्रफलको घासेमैदान रहेको छ । वन्यजन्तु आहाराको खोजीमा वस्तीमा नआउनु , उपयुक्त बास स्थान निर्माण होस भनेरे सामुदायीक वनले घासेमैदानको व्यवस्थापन गर्दै आएको नमूना मध्यवर्ती सामुदायीक वनका सचिव द्रोपती गुरौले जानकारी दिईन् ।
घासेमैदानका कारण गैंडा ,मृग,हरिण लगाएतका वन्यजन्तुको आहाराका लागि सहजता पुगेको सचिव गुरौले जानकारी दिईन् । वन्यजन्तुको लागि वासस्थान र आहार दुवै हुने भएपछी वस्ति पस्ने क्रम पनि कमी हुने विश्वास लिईएको छ । घासेमैदान पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वुर्ण हुदै आएको छ । घासेमैदानको निर्माण र व्यवस्थापन संगै यहां गैडा लगाएतका वन्यजन्तुको बासस्थान र चरन क्षेत्र वनेको छ । जसका कारण जिप सफारी,हात्ति सफारीमा आउने पर्यटक नमूना मध्यवर्ती सामुदायीक वन क्षेत्रमा फैलिएको घासेमैदान पुग्ने गरेका छन् । घासेमैदान संगै नमूना मध्यवर्ती सामुदायीक वनले सिमसार क्षेत्रको समेत व्यवस्थापन गर्दै आईरहेको छ । वन क्षेत्र भित्र ७५ हेक्टर क्षेत्रमा सिमासार रहेको छ । घासेमैदान सैगै सिमसार क्षेत्र समेत रहेकाले यस वन क्षेत्रमा प्रसस्त रुपमा गंैडा लगाएतका वन्यजन्तु रहेका छन् । फराकिलो हेर्दै मनमोहक फांट देखीने घासेमैदानमा सहजै रुपमा बिभिन्न वन्यजन्तु अवलोकन गर्न पाईने कारणले घासेमैदान जंगल सफारीमा आउने पर्यटकको पहिलो रोजाई वन्ने गरेको छ । वन्यजन्तुको संरक्षण र पर्यटकीय दृष्टिकोणले पनि घासेमैदान महत्वपूर्ण भएका कारण यसको व्यवस्थापनमा वन समूह लागि परेका छ ।
गएको वर्ष तीस हेक्टरमा क्षेत्रफलमा मिचाहा प्रकृतीको झार,विरुवाहरु व्यवस्थापन गरिएकोमा यस वर्ष पनि आउदो जनवरी पछी निकुञ्जको अनुमतीमा व्यवस्थापन गरिने सचिव गुरौले जानकारी दिईन् । उनका अनुसार मिचाहा प्रकृतिका झार र विरुवा नहटाएमा घासेमैदान मासिन सक्दछ । यसैले दाताहरुको सहयोगमा यस वर्ष जनवरी पछी व्यवस्थापनको योजना रहेको छ । घासेमैदान व्यवस्थापनका लागि कुनै श्रोत नजुटे उपभोक्ताहरुको सकृयतामा भए पनि व्यवस्थापन गरिने उनले बताईन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१