ज्ञानु पंगेनी
कावासोती । ठूलो एकादशी (हरिबोधनी एकादशी) को अवसरमा सोमबार नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाले एक हजार आठ वर–पिपल, स्वामी र तुलसीका बिरुवा रोपेको छ ।
गाउँपालिकाको आयोजनामा एक नम्बर वडामा पर्ने निसानीदेवी मन्दिर परिसरमा वृक्षारोपण गरिएको हो । साथै वर–पपलको महत्वका बारेमा पण्डित पुरुषोत्तम शरण लम्सालले प्रवचन गरेका थिए ।
वरपिपल, स्वामी, तुलसीजस्ता बिरुवा जडिबुटीका रुपमा प्रयोग हुनुका साथै धार्मिक रुपमा पनि महत्व रहेको र अक्सिजन उत्पादन गर्ने भएकाले एकादशीको अवसरमा बिरुवा रोपिएको गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले बताईन । गाउँपालिकाले सो स्थानमा लक्ष्मीनारायण मन्दिर स्थापना गर्ने योजना समेत बनाएको र गाउँपालिकाको धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने लक्ष्य सहित पहिलो पटक यस्तो कार्यक्रम गरिएको गाउँपालिकाको प्रमुख प्रसाशकिय अधिकृत हरी पगेनीले बताए ।
त्यस्तै बाजागाजा सहित तुलसीको विवाह समेत गरिएको छ । नजिकै रहेको पथ्थरखोलामा तोरण समेत टागिएको छ । हिन्दु धर्मावलम्वीहरुले नदी तथा खोलालाई विष्णु भगवान सुतेको समुन्द्रको रुपमा लिएर तोरण वारपार गरेर टाँस्ने प्रचलन परापूर्व कालदेखि चल्दै आएको पोख्रेलले बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१