बिर बहादुर बिसी
डेढगाउँ । जेष्ठ नागरिकका लागि १दिने स्वास्थ्यसेवा कार्यक्रम बौदीकाली २डेढगाउँ,नवलपुरमा सोमबार सम्पन्न भएको छ । कालीगण्डकी नदीको किनारमा बालीघाट क्षेत्र संरक्षण समितिको आयोजना र बालीघाट सामुदायिक स्वास्थ्य इकाई प्राबिधिक संयोजनमा भएको सेवा कार्यक्रममा ८६ जना जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरि परामर्श र औषधि समेत निस्शुल्क बितरण गरिएको थियो।स्वास्थ्यसेवा कार्यक्रममा डाक्टर गोपाल खनाल,डाक्टर सृजना ढकाल,अहेव बिर बहादुर बिसी,मालती वाईवा,रितु अधिकारी र अनमी देउकुमारी रानाले जेष्ठ नागरिकलाई स्वास्थ्यसेवा प्रदान गरेका थिए । स्वास्थ्यसेवा कार्यक्रम बालीघाट क्षेत्र संरक्षण समितिका अध्यक्ष भानुभक्त ओझाको संयोजकत्वमा डेढगाउँ बालीघाट जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा भएको हो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१