काठमाडौ – पुत्र प्रकाश दाहालको पहिलो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा पुष्पकमल दाहाल प्रचण्ड र पत्नी सीता दाहाल कार्यक्रममै भक्कानिएका छन्।
कार्यक्रमको सुरुदेखि नै सीताका आँखामा आँसु टुटेको थिएन्। प्रचण्डले पुत्र प्रकाशको तस्बिर अगाडि दीप प्रज्वलन गर्न पुग्दासाथ सीतालाई सम्हालिन गाह्रो भएको थियो। उनलार्इ सम्हाल्न छोरी रेणु दाहाल मञ्चमै पुगेकी थिइन्।
छोराको याद र श्रीमतीको रुवाइ देखेका प्रचण्डले पनि आँसु थाम्न नसक्दा सभामा उपस्थित सबै स्तब्ध बनेका थिए।
कार्यक्रममा सहभागी हुन उपराष्ट्रपति नन्दबहादुर पुन, नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल, बाबुराम भट्टराई, राप्रपाका अध्यक्ष कमल थापा, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति समशेर राणा, सभामुख कृष्णबहादुर महरा लगायतका व्यक्तिहरु प्रचण्ड निवास खुमलटार पुगेका थिए।
कार्यक्रममा प्रकाश दाहालको स्मृति गन्थ समेत सार्वजनिक गरिएको छ। उपराष्ट्रपति पुन, प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले संयुक्त रूपमा उक्त स्मृति ग्रन्थ सार्वजनिक गरे।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१